अर्थ

यामाहाले चाडबाड योजना ल्याउँदै

यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’ योजना ल्याउने तयारी गरेको छ। आउँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउन कम्पनीले उक्त योजना ल्याउने तयारी गरेको जनाएको छ।

उक्त योजना अन्तर्गत यामाहाको कुनै पनि स्कुटर खरिद गर्दा ६ हजार देखि एक लाखसम्मको र बाइक खरिद गर्दा रू आठ हजार देखि एक लाखसम्मको स्योर-सट क्यासब्याक, लक्की ड्रद्वारा राइजिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार र प्रत्येक महिनाको विजेताले जापान जाने मौका पाउने भएको छ।

चाडपर्वको सिजनमा हरेक राइडलाई असाधारण बनाउन र ग्राहकको जीवनमा जादुको स्पर्श थप्ने लक्ष्य लिई योजना ल्याएको एमएएब्लु टु ह्विलर्स डिभिजनका सिइओ राजु क्षेत्रीले बताए। उक्त अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागु हुने र देशमा रहेका यामाहाका सबै अधिकृत सोरूमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८० ०२:२४ सोमबार

यामाहाले चाडबाड योजना ल्याउँदै ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’