अर्थ

इसेवाबाट पैसा पठाउनेलाई काठमाडौंमा घर!

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्स्फरले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बम्पर उपहार घोषणा गरेको छ। बम्पर उपहार अन्तर्गत एक जनाले काठमाडौंमा घर दिने भएको छ।

‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै इसेवा वालेटमा पैसा पठाइ सहभागिता जनाउने चार परिवारलाई विशेष कोसेली, हरेक महिना एक जनाको पैसा डबल र बम्पर उपहारमा एक जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्। यो अभियान असोज १ देखि सुरु भएर २०८१ असार ३१ गतेसम्म जारी रहने जनाएको छ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ। इसेवा र इसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरूलाई डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए। इसेवा मनी ट्रान्स्फर र इसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिने एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले बताए।

इसेवा मनी ट्रान्स्फरका ब्रान्ड एम्बासडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बासडर विपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवद्र्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ।

प्रकाशित: १ आश्विन २०८० ०२:१९ सोमबार

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्स्फर डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बम्पर उपहार घोषणा