अर्थ

आर्जन बचत सहकारीको वार्षिक साधारणसभा

आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयरधनीहरूलाई आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। संस्थाको १४ औं साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र चालु आवको अनुमानित बजेट पारित गर्दै सो लाभांश पारित गरेको हो।

साधारणसभामा संस्थाका अध्यक्ष प्रवीण सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार गत आव २०७९/८० सम्ममा संस्थाको चुक्ता सेयर पुँजी तीन करोड उन्चालीस लाख सतसठ्ठी हजार नौ सय रूपैयाँ पुगेको छ।

संस्थाले चालु आवमा तीन करोड ५० लाख सेयर पुँजी पुर्‍याउने, २५ करोड निक्षेप पुर्‍याउने, २५ करोड कर्जा लगानी पुर्‍याउने, ब्याज आम्दानी चार करोड पुर्‍याउने र खुदनाफा एक करोड १० लाख पुर्‍याउने अुनमान गरेको छ।

गत आवमा संस्थाले आधारभूत प्रतिसेयर आम्दानी २२.४० रूपैयाँ आम्दानी गर्न सफल भएको थियो। गत आवको असार मसान्तसम्म खराब कर्जा शून्य रूपैयाँ बराबर रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले पछिल्लो समयमा सहकारीहरूमा देखिएको समस्याको एउटा कारण सञ्चालक र सदस्यहरूबीचको निकटतामा कमी भएकोमा सो संस्थामा सो अवस्था नरहेको बताइन्।

प्रकाशित: १ आश्विन २०८० ०१:१५ सोमबार

आर्जन बचत तथा ऋण सहकारी संस्था सेयरधनीहरूलाई आठ प्रतिशत नगद लाभांश प्रदान