अर्थ

रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक

रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ। रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नाडा अटो सोमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सिसी क्रोम एडिसन सार्वजनिक गरेको हो।

कम्पनीले क्लासिक ३५० सिसी डार्क एडिसनको मूल्य पाँच लाख २५ हजार रूपैयाँ र क्रोम एडिसनको मूल्य पाँच लाख ३० हजार रूपैयाँ तोकेको छ। दुवै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीले जनाएको छ।

दुबै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पिड सेन्सर पनि राखिएको छ। उक्त मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्स स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दुवै मोटरसाइकल जे प्लेटर्फममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगत सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड, एसएचसी एफआई रहेको छ भने उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ ब्रेकर्स पावर र ४००० आरपिएममा २७ एनएमको टर्क जेनरेट गर्छ।

कम्पनीका अनुसार टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको उक्त मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, युएसबी चार्जिङ पोर्ट वाइडर टायर लगायतका फिचरहरू छन्।

प्रकाशित: ३१ भाद्र २०८० ०२:१८ आइतबार

रोयल इन्फिल्ड