अर्थ

सूर्य कुण्डको सेयर निष्कासनको जिम्मा प्रभु क्यापिटललाई

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ३१ भाद्र २०८० ०२:१३ आइतबार

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेड सेयर निष्कासन तथा बिक्री प्रबन्धक