अर्थ

हुन्डाईको ‘फेस्टिभ डिलाइट’को बम्पर प्राइज सार्वजनिक

हुन्डाई नेपालले ‘हुन्डाइ एसयुभी’ नाडा अटो सोबाट सार्वजनिक गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको उक्त एसयुभी हुन्डाई एक्टर रहने भनी सार्वजनिक गरेको हो।

हुन्डाई फेस्टिभ डिलाइट–२०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाख रूपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत थप १ लाख रूपैयाँसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्नेछन्।

आफ्ना ग्राहकको सन्तुष्टिका निमित्त हुन्डाईले समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेकोमा यसपटक फेस्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइजमा हुन्डाई एक्टर प्राप्त गर्न सकिने योजना ल्याएको हो।

हाल भइरहेको नाडा अटो सोमा हुन्डाईको बि ५ स्टल भ्रमण गरेर ग्राहकले हुन्डाईका विभिन्न उत्पादनको जिज्ञासा मेट्न सक्ने र सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना छठ पर्वसम्म लागु हुनेछ।  

प्रकाशित: २८ भाद्र २०८० ०३:४९ बिहीबार

अर्थमन्त्री प्रकाशशरण महत हुन्डाईको ‘फेस्टिभ डिलाइट’को बम्पर प्राइज सार्वजनिक