अर्थ

एभरेस्ट बैंक र ओम अस्पतालबिच सम्झौता

एभरेस्ट बैंक र ओम अस्पताल चाबहिलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले उक्त सम्झौता हस्ताक्षर गरेका छन्। सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त अस्पतालबाट आइपिडी–डाइगोनोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशत र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट पाउनेछन्।

प्रकाशित: २८ भाद्र २०८० ०२:४३ बिहीबार

एभरेस्ट बैंक र ओम अस्पतालबिच सम्झौता ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता