अर्थ

सिटी एक्स्प्रेस उपहार योजनामा ८ जनाले चाँदीको सिक्का र एक जनाले स्मार्टफोन जिते

काठमाडौं— सिटी एक्स्प्रेस मनि ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको पहिलो साता को बिजेताहरु घोषणा भएका छन्। कम्पनीले इलेक्ट्रिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओपो फोन विजेताको घोषणा गरेको हो। चाँदी विजेताका रुपमा राजकुमारी लिम्बु, शोभा गिरी, सर्मिला बानिया क्षत्री, एरिका गुरुङ, सरिफा मिया, रुपेश ढौगोडा, रीता पौडेल, विकाश राणा छनोट भएका छन्। त्यसैगरी ओपो फोन विजेताका रुपमा सुनिता तामाङ्ग छनोट भएकी छिन्।

लामो समयदेखि मनी ट्रान्सफरसम्बन्धी सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छात लाई लक्षित गर्दै उपहार योजना सञ्चालन गरिरहेको छ। कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिनसम्म उपहार योजना सञ्चालन गर्ने जनाएको छ। 

सिटी एक्स्प्रेशका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक  तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन्। त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ। उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनोको क्विड आरएक्सएल कार जित्न सक्नेछन्। 

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ। उपहार योजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: २९ भाद्र २०७४ १३:२० बिहीबार

सिटी एक्स्प्रेस उपहार योजनामा जनाले चाँदीको सिक्का जनाले स्मार्टफोन जिते