अर्थ

निसान म्याग्नाइटको नयाँ संस्करण सार्वजनिक

निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ।

नेपालमा सन् २०२१ मा नेपाली बजारमा लोकप्रियता पाएको बिग, बोल्ड, ब्युटिफुल र कारिज्माटिक एसयुभी निसान म्याग्नाइट अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटी)सहित उपलब्ध हुने भएको छ।

निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

निसान म्याग्नाइटको नयाँ एएमटी गाडी एक्सएल मिड, एक्सभी अपर, एक्सभी अपर (डुअल), एक्सभी प्रिमियम र एक्सभी प्रिमियम (डुअल) गरी पाँच भेरियन्टमा उपलब्ध हुनेछ।

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेले निसानको निरन्तर इनोभेसनद्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउने बताए।

यस्तै पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकताअनुसार निकै उपयोगी हुने र यसले म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैलाई उत्कृष्ट संयोजन गर्दै नेपाली सडकका लागि सुविधाजनक ड्राइभिङ अनुभव प्रदान गर्ने बताए।

प्रकाशित: २७ भाद्र २०८० ०३:१० बुधबार

निसान गाडी पायोनियर मोटो कर्प