अर्थ

यामाहाको ‘ब्लु स्क्वायर’ सोरुम

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कौशलटार भक्तपुरमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल, हिमालयन रोडिजका प्रस्तोता सुरजसिंह ठकुरी, अभिनेत्री प्रियंका कार्कीले संयुक्त रूपमा उक्त सोरुमको उद्घाटन गरेका छन्।

यामाहाले विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’लाई अवलम्बन गरी कौशलटारमा उक्त सोरुम सञ्चालनमा ल्याएको जनाएको छ। साथै कम्पनीको ‘ग्लोबल मोटर स्पोर्ट लिगेसी’लाई आत्मसात गर्दा सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानका रूपमा ‘ब्लु स्क्वायर’ सोरुम ल्याएको जनाएको छ।

‘ब्लु स्क्वायर’ सोरुम प्रयोग गरिएको ‘ब्लु’ कलरले यामाहा ब्रान्डको ‘रेसिङ डिएनए’लाई झल्काउने र ‘स्क्वायर’ ले ‘वान स्टप बाइङ जक्सन’ जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एक्सेसरिज र अपारियल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहेको छ।

‘ब्लु स्क्वायर’को उत्कृष्ट प्रविधि र पूर्वाधारले यामाहा ब्रान्डप्रति ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि हुने कम्पनीको विश्वास छ। 

प्रकाशित: २७ भाद्र २०८० ०२:३८ बुधबार

यामाहाको ‘ब्लु स्क्वायर’ सोरुम विश्वव्यापी नयाँ अवधारणा