अर्थ

लर्ड बुद्ध एजुकेसनले रजत जयन्ती मनायो

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले रजत जयन्ती मनाएको छ। सूचना प्रविधिका विषय अध्यापन गराउँदै आएको फाउन्डेसनबाट २५ वर्षको अवधि १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा फाउन्डेसनमा स्थापना कालदेखि संलग्न रहँदै आएका नौ जना कर्मचारीलाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्मान गरेका छन्।

उक्त अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको विकासमा निजी क्षेत्रका तर्फबाट लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले खेलेको भूमिका अतुलनीय भएको बताएका छन्। साथै उपराष्ट्रपति यादवले समावेशी र सिपमूलक शिक्षामार्फत स्वदेशमै युवालाई आर्कषित गर्न आवश्यक रहेको कुरामा जोड दिए।

यस्तै फाउन्डेसनका अध्यक्ष पंकज जालानले पढ्दै–पढाउँदै भन्ने सरकारको नीतिलाई व्यावहारिक कार्यान्वयन गर्न सफल भएको बताउँदै नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर  युवालाई बिदेसिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको बताए।

प्रकाशित: २७ भाद्र २०८० ०२:०२ बुधबार

लर्ड बुद्ध एजुकेसनले रजत जयन्ती मनायो