अर्थ

मुक्तिनाथ बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फण्ड अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ। 

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम बैंकले वैकल्पिक ऊर्जाक्षेत्रमा लगानी बिस्तार गर्नेछ। बैंकको यो कदमले नवीकरणीय ऊर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरूमा सहज रूपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको बैंकले जनाएको छ । 

उक्त सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बैंकको विश्वास छ।

प्रकाशित: २६ भाद्र २०८० ०४:०१ मंगलबार

मुक्तिनाथ विकास बैंक वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र इनर्जी च्यालेन्ज फण्ड