अर्थ

टियागो इभीको बुकिङ खुल्यो

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभीको बुकिङ सुरु गरेको छ।

टाटा टियागो इभी मंगलबारबाट काठमाडौंमा सुरु हुने ‘नाडा अटो सो २०२३’ मा सुरुवाती मूल्यसहित सार्वजनिक गरिने भएको छ। ग्राहकले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटो सोमा टाटा मोटर्सको स्टल नम्बर ए थ्रीमा वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स सोरुम जान सक्ने कम्पनीले जनाएको छ।

नेपाली ग्राहकको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीले विशेष गरी युवावर्गलाई उत्साह र इभी प्रयोगमा वृद्धि गराउने भूमिका निर्वाह गर्ने आशा कम्पनीले लिएको छ।

इच्छुक ग्राहकले घरमा बसेर मोबाइल वा कम्प्युटरबाट कम्पनीको वेवसाइटमा गई आफ्नो नाम दर्ता गराइ वा नेपालभर रहेको टाटा मोटर्सको सोरुममा गएर बुकिङ गर्न सक्नेछन्।

प्रकाशित: २५ भाद्र २०८० ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App