अर्थ

हिमालय एअरको काठमाडौं-छिन्ताओ-काठमाडौं उडान सुरु

हिमालय एअरलाइन्सले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ। एअरलाइन्सले सेप्टेम्बर १० देखि काठमाडौं–छिन्ताओ–काठमाडौं उडान थालेको हो।

उक्त अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यस प्रकारको सेवाले नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने बताए। दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा उक्त उडान सेवाले त्यसतर्फ निर्णायक भूमिका निर्वाह गर्ने मन्त्री किराँतीले बताए। यसै अवसरमा मन्त्री किराँतीले छिन्ताओवासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन्।

यस्तै एयरलाइन्सको अध्यक्ष एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवा एअरलाइन्सका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्ने उनको धारणा छ।

एअरलाइन्सका प्रवक्ता विजय श्रेष्ठले हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने भएको बताए।

यो सेवा बिस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्ने प्रतिबद्धताका रूपमा लिएको छ।

प्रकाशित: २५ भाद्र २०८० ०३:०६ सोमबार

हिमालय एअर काठमाडौं-छिन्ताओ-काठमाडौं उडान सुरु