अर्थ

कृषि विकास बैंकमा नयाँ एप एडिबिएल स्मार्ट प्लस

कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिँदै मोवाइल बैंकिङको नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस जारी गरेको छ। 

बैंकको मोवाइल बैंकिङ सिस्टम अपग्रेड गरी करिब पाँच लाख मोवाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोवाइल बैंकिङको नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस जारी गरेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले दिएका छन्।  

उक्त नयाँ भर्सनमा मोवाइल बैंकिङको युजर पास वर्ड प्रयोग गरी वेवबाट लग इन गर्न सकिने र यसरी लग इन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सीमा कायम हुनेछ। यस्तै बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्दती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाको ब्याजदर, कारोबार रकम तथा म्याचुरिटी डेट हेर्न सकिनेछ।

साथै विभिन्न वालेटमा ब्यालेन्स लोड गरी कारोबार गर्न सकिने, डेविट कार्डको पिन बिर्सेमा पुनः अनुरोध गर्न सकिने, बचत खातामा भएको रकमबाट मुद्दती खाता खोल्न सकिनेलगायतका विभिन्न सुविधा रहेका छन्।

प्रकाशित: २४ भाद्र २०८० ०२:२२ आइतबार

कृषि विकास बैंकमा नयाँ एप एडिबिएल स्मार्ट प्लस