अर्थ

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर

नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय ३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ। इन्स्योरेन्सले तीर्थ यात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरेको हो।

शिविरबाट चार सय २२ जना भक्तजन प्रत्यक्ष लाभान्वित भएका छन्। जसमा दुई सय १० जनाको स्वास्थ्य परीक्षण, एक सय ४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र दुई जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ।

स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरूले संयुक्त रूपमा सञ्चालन गरेको शिविरमा विशेषतः मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीको उपचार गरिएको थियो।

प्रकाशित: २४ भाद्र २०८० ०२:११ आइतबार

नेपाल लाइफ इन्स्योरेन्स प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर