अर्थ

कामना सेवा विकास बैंक र सिजी मोटर्सबीच सम्झौता

कामना सेवा विकास बैंकले सिजी मोटर्ससँग सम्झौता गरेको छ। विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा शुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको बैंकले जनाएको छ।

बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र सिजी मोटर्सको तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पश्चात् सिजी मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले शुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नेछन्।

प्रकाशित: २४ भाद्र २०८० ०१:५० आइतबार

कामना सेवा विकास बैंक सिजी मोटर्स