अर्थ

हुण्डाइको एक्ससेन्ट कार नेपाली बजारमा

काठमाडौँ – नेपालमा हुण्डाइ कम्पनीको नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि हुण्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले भृकुटिमण्डम स्थित नाडा अटो शोबाट एक कार्यक्रमका बीच नयाँ हुण्डाइ एक्ससेन्ट सेडन कार सार्वजानिक गरेको हो।

भर्खरै सार्वजनिक गरिएको गाडीको बारेमा बताउँदै लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.का सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले भने, ‘नेपाली अटोमोबाइल बजारमा हुण्डाइ एक्ससेन्ट जस्तो स्टाइलिस, आरामदायी सेडन कार सार्वजनिक गर्नु हुण्डाइका लागि पनि लाभदायक हुनेछ । विश्वभरको ग्राहकको मन जित्न सफल उक्त गाडीले नेपालमा पनि उक्त सफलतालाई निरन्टरता दिनेछ भन्नेमा हामी विश्वस्त छौँ। ’

दुईवटा भर्शनमा रहेको हुण्डाइ एक्ससेन्ट एस को मूल्य रु ३० लाख ९६ हजार र एक्ससेन्ट एसएक्सको मूल्य रु ३३ लाख ५६ हजार रहेको छ। 

 

प्रकाशित: १४ भाद्र २०७४ १२:२४ बुधबार

हुण्डाइको एक्ससेन्ट कार नेपाली बजारमा