अर्थ

नयाँ स्वरुपमा हुन्डाई एक्सेन्ट

काठमाडौं– नेपालका लागी हन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटा–सोमा नयाँ हुन्डाई एक्सेन्ट सेडन कार सार्वजनिक गरेको छ ।

बजारको परिवर्तित चाहना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथमिकतामा राख्दै हुन्डाई मोटर्स्ले निरन्तरता दिँदै नयाँ कार बजारमा ल्याएको हो । यो पारिवारिक सेडन कार हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रबन्धक (सेल्स एन्ड मार्केटिङ) रुपेश शर्मा भट्टले अहिलेको नेपाली बजारमा सेडन कार लोकप्रिय बन्दै गइरहेको बताए । नयाँ कार गुण्स्तरीय, आरामदायी, शैली र प्रिमियम लुकले भरिपूर्ण भएको कम्पनीले बताएको छ । उक्त कार दुई किसिममा उप्लब्ध छ । एक्सेन्ट एसको मूल्य ३० लाख ९६ हजार र एक्सेन्ट एसएक्सको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित: १४ भाद्र २०७४ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App