अर्थ

केटिएम एक्सचेञ्ज क्याम्प हुँदै

यही सेप्टेम्बर ३ देखि ८ सम्म केटिएम एक्सचेञ्ज क्याम्प हुने भएको छ। काठमाडौंको नक्साल सोरुममा हुन लागेको केटिएम एक्सचेञ्ज क्याम्पमा कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा बाइकलाई नयाँ बाइकसँग साट्ने सुविधा रहेको छ।

यहाँ पुरानो बाइकको मूल्यांकन पाइराखेको भन्दा थप १५ हजार रूपैयाँ अतिरिक्त प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै नयाँ बाइक किन्नेका लागि पनि जम्मा ५० प्रतिशत डाउन पेमेण्ट गरी ९९.९ प्रतिशत मात्र ब्याज तिरी केर्टिम बाइक लिन सकिने आयोजकले जनाएको छ।

ग्राहकले नगदमै बाईक किन्न चाहेमा १० हजार रूपैयाँ छुट र फाइनान्स सुबिधा लिनेका लागि समेत ५ हजार रूपैयाँ छुटको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८० ०२:५१ सोमबार

केटिएम एक्सचेञ्ज क्याम्प