अर्थ

हुम्लामा उडान रोकिँदा नाबालकको ज्यान गएको भन्दै प्राधिकरणका महानिर्देशकविरुद्ध रिट दर्ता

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाहीको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ।

नागरिक उड्ययन प्राधिकरणले दुर्गम जिल्लाका विमानस्थलमा हवाई उडानमा रोक लगाउँदा हवाई सेवा अबरुद्ध भएको र त्यहाँका नागरिकलाई ज्यान गुमाउनु परेको भन्दै अधिकारी सहितलाई विपक्षी बनाई रिट दर्ता भएको छ। प्राधिकरणले गत  साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो।

प्राधिकरणले साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो। हवाई उडान रोकिँदा हुम्लामा उडान हुन नपाई एक बालकको ज्यान गएको दावीसहित निर्णयकर्तालाई कारबाहीको आदेश माग गर्दै अधिवक्ता गणेशबहादुर ओलीले आाइतबार रिट दायर गरेका हुन्। हवाई उडानमा रोक लगाउने निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका ६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरेका छन्।

सो घटनाको कारण व्यापक जनदवाव र राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएपश्चात प्राधिकरण निर्णयबाट पछि हटेको थियो। अधिवक्ता ओलीले मृतक बालकको अस्पताल भर्ना भएको, रिफर गरिएको र सुविधा सम्पन्न अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको कागजपत्र पनि पेश गरेका छन्। रिटमा निर्णयकर्तालाई कारबाही गर्नु भनी उपयुक्त आदेशसहितको परमादेश जारी गरिपाउँ भनी माग गरेका छन्।  

संघीयताका मर्मविपरीत कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा प्रदेश राजधानी सुर्खेतबाट उडान गर्नुपर्नेमा लुम्बिनी प्रदेशको नेपालगन्जबाट हुने गरेकोमा उक्त पक्षपाती व्यवहार अन्त्य गर्नको लागि पनि माग गरिएको छ। महानिर्देशक अधिकारीसहित नेपाल नागरिक उड्ययन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पनि विपक्षी बनाएका छन्।  

प्रकाशित: १७ भाद्र २०८० १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App