अर्थ

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन।

सेजनको आज सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

अध्यक्ष ओलीले ९९ मत ल्याएका छन । उनका प्रतिद्वन्द्वी सिरोमनि ढुङ्गानाले ९६ मत ल्याए । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए ।  सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। सचिवमा सोभित थपलिया र कोषाध्यमा अच्युत पुरी निर्वाचित भएका छन।

सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो।

प्रकाशित: १६ भाद्र २०८० १५:३० शनिबार

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित