अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल डेन्टलमा छुट

सिटिजन्स बैंक र धुम्बाराहीको हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले हिमाल डेन्टलमा २० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १५ भाद्र २०८० ०३:५४ शुक्रबार

सिटिजन्स बैंक ग्राहकलाई हिमाल डेन्टलमा छुट