अर्थ

वाग्मती नदीमा र्‍याफ्टिङ कार्यक्रम हुँदै

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बागमती नदीमा र्‍याफ्टिङ कार्यक्रम हुने भएको छ। जिल्ला समन्वय समिति काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा हुने उक्त र्‍याफ्टिङ कार्यक्रम यही भदौ १६ गते हुन लागेको हो।

समितिले पत्रकारसम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा ऐतिहासिक बागमती नदीमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो। गोकर्णेश्वरनगरपालिकास्थित सुन्दरीजलदेखि सुरु भएको र्‍याफ्टिङ कीर्तिपुरनगरपालिकाको चोभार पुगेर टुङ्गिनेछ।

जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित १० वटै स्थानीय निकायले बागमती सभ्यता जोगाउने अभियानमा साथ दिने बताए।

कुल ४५ वटा डुंगाले सुन्दरीजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ । प्रत्येक डुंगामा एउटा गाइडसहित जनप्रतिनिधि रस्थानीय गरी छ जना रहने जानकारी नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले दिए।

प्रकाशित: १५ भाद्र २०८० ०३:४५ शुक्रबार

पर्यटन प्रवर्धन वाग्मती नदीमा र्‍याफ्टिङ कार्यक्रम हुँदै