अर्थ

नेपाल ल्युब आयलको एक्जिक्युटिभ मिट

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले हालै डिलर सेल्स एक्जेक्युटिभ  मिट-०८० सम्पन्न गरेको छ। पोखरामा आयोजित कार्यक्रममा नेपाल भरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ब्रान्डको भ्यालु र बिक्री बढाउन योग्य र दक्ष सेल्स टिमको भूमिका सबैभन्दा धेरै हुन्छ। कम्पनीले आफ्नो सेल्स टिमको स्तरोन्नतिलाई ध्यानमा राखेर थुप्रै पहल र कार्यक्रम सञ्चालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युटिभ मिट-२०८० कार्यक्रम सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ। सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाबारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो।

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले एक प्रशिक्षित सेल्स एक्जेक्युटिभले ग्राहकलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मदत गर्ने र यसले कम्पनीको ब्रान्ड भ्यालु र बिक्री बढाउन सघाउने बताए।

प्रकाशित: १४ भाद्र २०८० ०५:५७ बिहीबार

नेपाल ल्युब आयल लिमिटेड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल