अर्थ

आइएमई पे र कान्तिपुर सिनेमाबीच सम्झौता

आइएमइ पेले कान्तिपुर सिनेमासँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ। सम्झौता अनुसार कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमइ पे एकमात्र भुक्तानी साझेदार हुनेछ। आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन्।

कान्तिपुर सिनेमाज एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रका शृङ्खलाहरू प्रदर्शन हुन्छन्।

आइएमई पेले ग्राहकको सुविधाको लागि सुरक्षित तथा नव प्रवद्र्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्न अग्रणी भूमिका निर्वाह गरेको जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८० ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App