अर्थ

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा छुट

एभरेष्ट बैंक र धुलिखेलको हिमालय दृश्य रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउनेछन्। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता र कर्मचारी तथा तिनका परिवारका सदस्यले समेत उक्त छुट पाउन सक्नेछन्।

प्रकाशित: १४ भाद्र २०८० ०५:३५ बिहीबार

एभरेष्ट बैंक ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा छुट