अर्थ

मुभएनपिक आइसक्रिम अब नेपाली बजारमा

स्विट्जरल्याण्डको प्रसिद्ध आइसक्रिम मुभएनपिक ब्राण्ड बजारमा उपलब्ध भएको छ। स्विस शिल्प कौशल र शतप्रतिशत प्राकृतिक सामग्री प्रयोग गरिएको उक्त आइसक्रिम केएल दुगड समूहद्वारा आयात गरिएको हो।

मुभएनपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेग्मेन्टमा नयाँ मापदण्ड सेट गर्ने दुगड समूहले जनाएको छ। मुभएनपिक आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिवद्धता स्विस मूलबाट आउने जनाउँदै कम्पनीले यसको पहिलो आउटलेट ठमेलस्थित ठमेल-द कर्नरमा रहेको जनाएको छ।कम्पनीका अनुसार स्टोर दैनिक बिहान ११ बजेदेखि राति  ११ बजेसम्म खुला रहनेछ।

प्रकाशित: १४ भाद्र २०८० ०५:२४ बिहीबार

मुभएनपिक आइसक्रिम स्विस शिल्प कौशल र शतप्रतिशत प्राकृतिक सामग्री प्रयोग