अर्थ

बाढीपीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेको छ। 

चेम्बरका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले अाइतबार गृह मन्त्रालयमा मन्त्री शर्मालाई भेट गरी संकलित राहत सामग्री हस्तारण गरेको हो। 

उक्त टोलीले चामल दुई ट्रक, औषधि दुई सय बक्स, त्रिपाल, टेन्ट एक ट्रक र म्याट्रेस तथा लत्ताकपडा एक ट्रक हस्तारण गरेको हो। 

कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले अहिलेसम्म चेम्बरले उठाएको राहत सामग्री हस्तान्तरण गरिएको र अझै राहत संकलन गर्दै जाने बताए। 

गृहमन्त्री शर्माले बाढी पहिरोले क्षति पुगेको बेलामा चेम्बरले सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोग गर्न चेम्बरको टोलीलाई आग्रह गरे। रासस 

प्रकाशित: ४ भाद्र २०७४ १३:३३ आइतबार

बाढीपीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण