अर्थ

सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा ‘कम्पोस्ट बिन’ वितरण

सिटिजन्स बैंकको कोल्हुवा शाखाले मल बनाउने भाँडो (कम्पोस्ट बिन) वितरण गरेको छ।बैंकको कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मध्यबिन्दु २ नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको हो।

बैंकले कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र नेपाललाई ती सामग्री हस्तान्तरण गरेको छ। कम्पोस्ट बिनको प्रयोगले उपभोक्ताको भान्सा घरमा प्रयोग भएका दैनिक उपभोग्य वस्तुबाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मदत गर्ने, जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमताहरूमा भार कम गर्नेविश्वास बैंकको छ।

प्रकाशित: १३ भाद्र २०८० ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App