अर्थ

हुलास वायर ‘संवर्धन समारोह’ सम्पन्न

हुलास वायर इण्डष्ट्रिजले कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा हुलास वायर ‘संवर्धन समारोह’ सम्पन्न गरेकोे छ। हुलास वायरका ब्राण्ड एम्बास्डर क्याप्टेन विजय लामा, कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, हुलास वायरका अध्यक्ष राजलक्ष्मी गोल्छा, तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सामूहिक रूपमा रिमोटद्वारा स्विचिङ गरी समारोह उद्घाटन गरेका छन्।

कार्यक्रममा कम्पनीमा आबद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरूलाई अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री उद्धव थापा, ब्रान्ड एम्बास्डर क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छाद्वारा स–सम्मान कदरपत्र वितरण गरिएको थियो ।

प्रकाशित: १२ भाद्र २०८० ०२:४१ मंगलबार

हुलास वायर ‘संवर्धन समारोह’ सम्पन्न