अर्थ

कामना सेवा विकास बैंकद्वारा एयर कन्डिस्नर हस्तान्तरण

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धनप्राप्त नवलपरासीको दिव्यज्योति बहुमुखी क्याम्पसलाई दुई थान एयर कन्डिस्नर हस्तान्तरण गरेको छ।

उक्त एयर कन्डिस्नर सामुदायिक विकास र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले क्याम्पसका अध्यक्ष पूण्यप्रसाद पौडेललाई उक्त ‘एयर कन्डिस्नर’ हस्तान्तरण गरेका छन्।

प्रकाशित: १२ भाद्र २०८० ०२:३४ मंगलबार

कामना सेवा विकास बैंकद्वारा एयर कन्डिस्नर हस्तान्तरण