अर्थ

यामाहाको नयाँ एफजी २५ स्ट्रिटफाइटर सार्वजनिक

काठमाडौं- नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी २५ सार्वजनिक गरेको छ।

अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा  एयर कुल्ड विथ आयल कुलर, फोर स्ट्रोक, एसओएचसी, दुई भल्भ, सिंगल सिलिन्डर भएको दुई ४९ सिसीको शक्तिशाली इन्जिन रहेको कम्पनीको दाबी छ।

एफजी२५ को डिजाइन शक्तिशाली मांशपेसी भएका खेलाडीको झैं 'रोबस्ट' बनाइएको छ। एफजी२५का विशेषताले २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ। नयाँ बाइक तीनवटा एक्साइटिङ कलर–'ब्यालेस्टिक ब्लु', 'वारियर ह्वाइट' र 'नाइट ब्ल्याक'मा उपलब्ध छ। एमएडब्लु इन्टरप्राइजेजले एफजी२५को बजार मूल्य तीन लाख ४४ हजार नौ सय रुपैयाँ तोकेको छ।

आठ हजार आरपिएममा २०.९ पिएसको अधिकतम पावर र ६ हजार आरपिएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने एफजी२५मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट रहेको छ।  

प्रकाशित: २ भाद्र २०७४ ०४:३२ शुक्रबार

यामाहाको एफजी २५ स्ट्रिटफाइटर सार्वजनिक