अर्थ

मेगा स्टक मार्केट्सद्वारा धितोपत्र दलाल सेवा सुरू

मेगा स्टक मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा सुरु गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले संयुक्त रूपमा उक्त सेवाको उद्घाटन गरेका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं. ७५ र सिडिएस एण्ड क्लियरिङको राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्न लागेको हो।

धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्‍याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जनाउँदै कम्पनीले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८० ०२:२१ सोमबार

मेगा स्टक मार्केट्स नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल