अर्थ

ज्योति बैंकद्वारा ‘बेबी वार्मर’ प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ‘वार्मर’ (न्यानो बनाउने मसिन) प्रदान गरेको छ।

 बैंकले उल्लिखित अस्पतालहरूलाई नवजात शिशुको शारीरिक तामक्रम उचित राख्न प्रयोग हुने ‘बेबी वार्मर’ प्रदान गरेको हो। अस्पतालहरूमा आयोजित कार्यक्रममा बैंक, स्वास्थ्य चैकी र अस्पतालका पदाधिकारीहरूको उपस्थितिका बीच सो ‘बेबी वार्मर’ औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

अस्पताल र स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन आउनेहरूले नवजात शिशुको शारीरिक तापक्रम उचित मात्रामा राख्न प्रयोग हुने उक्त मसिनको उपयोग गरी प्रत्यक्ष लाभ लिन पाउने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १० भाद्र २०८० ०३:२६ आइतबार

ज्योति विकास बैँक हाम्रो विकास प्रवर्द्धन कोष