अर्थ

नेपालमा अष्ट्रेलियन एजुकेशन फेयर हुने

काठमाडौँ – एक्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा नेपालमा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको भएको छ। 

साउन ३१ गते काठमाडौँको होटल अन्नपूर्णमा हुने फेयमा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व रहने बताइएको छ । प्रत्येक वर्ष तीन पटक अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका अनुसार यो फेयर अन्यभन्दा पृथक हुनेछ । 

सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाका अनुसार एकै पटक १६ वटा युनिभर्सिटीको उपस्थिति भएको यो पहिलोपटक हो । उक्त फेयरमा सम्वन्धित कलेज र युनिभर्सिटीका रिजनल म्यानेजर, स्टुडेण्ट म्यानेजर, प्रोफेसर, एकेडेमिक प्रमुख लगायतको उपस्थित रहने संग्रौलाले बताए । ‘फेयरमा अष्ट्रेलिया, अष्ट्रेलियाको शैक्षिक पद्धति र संस्थाहरू, शैक्षिक सुविधा, अष्ट्रेलियामा पढ्दा झेल्नु पर्ने चुनौतिहरुका विषयमा विद्यार्थीले परामर्श प्राप्त गर्छन्’ संग्रौलाले भने । 

फेयरमा उपस्थित रहेका अष्ट्रेलियन विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिसँग विद्यार्थीहरुको प्रत्यक्ष संवाद हुनेहुँदा भोलि अष्ट्रेलिया पुगेपछि भनिए अनुसारको सुविधा प्राप्त नभए विद्यार्थीहरुले सजिलै दावी गर्न सक्ने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका निर्देशक संजिव शर्मा बताउँछन् । शर्मा भन्छन् ‘फेयरले कन्सल्टेन्सिहरू धाउँदै हिड्नु पर्ने बाध्यतालाई थोरै भए पनि हल गर्ने छ । किनकी १६ वटा युनिभर्सिटी तथा कलेजहरूको विषयमा विद्यार्थीहरुले केही घण्टामै बुझ्न पाउनेछन् ।’
फेयर विहान एघार बजेबाट दिउँसो चार बजेसम्म सञ्चालन हुने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले जनाएको छ । 

प्रकाशित: ३० श्रावण २०७४ ०५:५० सोमबार

नेपालमा अष्ट्रेलियन एजुकेशन फेयर हुने