अर्थ

एमएडब्लु इभी सिरिज सार्वजनिक हुँदै

मोरङ अटो वर्क्स (एमएडब्लु)ले बजारमा छिट्टै इलेक्ट्रिोनिक भेहिकल (इभी) सिरिज योजना सार्वजनिक गर्दैछ। कम्पनीले इभी र चाङ्गान अटोसँग सहकार्य गरेको छ।

यस सहकार्यले सेडान, एसयुभी र पिकअपहरूले ग्राहकलाई एउटा अवसर दिने कम्पनीको विश्वास छ। कम्पनीले उक्त इभी सिरिजको उत्पादनहरू चाँडै नेपालमा सार्वजनिक गर्ने र ग्राहकलाई यसका सेवा र सुविधाको हिस्सा बनी लाभ लिन आह्वान गरेको छ।

कम्पनीले यामाहा, स्कोडा, फियट, जेबिसीलगायतका ब्राण्डसँग सहकार्य गर्दै ग्राहकलाई सेवा दिइरहेको छ।

प्रकाशित: ८ भाद्र २०८० ०३:०४ शुक्रबार

मोरङ अटो वर्क्स (एमएडब्लु) इलेक्ट्रिोनिक भेहिकल (इभी) सिरिज योजना