अर्थ

रोयल इनफिल्डले ‘एक्स्चेन्ज मेला’ गर्दै

रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘एक्स्चेन्ज मेला’ कार्यक्रम आयोजना गर्ने भएको छ। यही भदौ १० देखि १५ गतेसम्म आयोजना हुने उक्त कार्यक्रममा ग्राहकलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन/स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यी सुविधाहरूले ग्राहकलाई पुरानो दुई पाङ्ग्रे सवारी साधनसँग नयाँ रोयल इनफिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने कम्पनीको विश्वास छ। हाल रोयल इनफिल्डका क्लासिक ३५० सिसी र स्क्राम ४११ सिसी मोडलहरू उपलब्ध छन्। रोयल इनफिल्डले आफ्नो नेपालभरको सोरूम र डिलर प्वाइन्टबाट यो कार्यक्रम आयोजना गर्नेछ।

यस कार्यक्रममा ग्राहकसँग आफ्नो मोटरसाइकलको उच्चतम मूल्यांकनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी सबै सुविधाहरूका साथ ग्राहकले नयाँ रोयल इनफिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्नेछन्।

प्रकाशित: ८ भाद्र २०८० ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App