अर्थ

पशुपतिमा चढाउन जुम्लाको जौ

जुम्ला- तातोपानी गाउँपालिकाका दलबहादुर खड्काजौ किन्न जुम्लाका गाउँगाउँ पुग्छन्। जुम्लाबासीले आजसम्म जौ बालीलाई हेलाँ गरे पनि खड्काले घरबाटै उठाउन थालेपछि स्थानीयले यसको महŒव बुझेका छन्।

खड्काका अनुसार पशुपतिनाथमा पूजाका लागि जुम्ली जौको माग छ। जुम्ली जौ,शुद्ध र चोखो हुने भएकाले पशुपतिमा पूजाआजाका लागि यसको खोजी भएको उनको भनाइ छ। 'जुम्लाको जौ निकैशुद्ध मानिन्छ। यो वर्षमैले ४८ क्विन्टल जौ काठमाडौं पुर्‍याइसकें,' उनले भने, 'पशुपति क्षेत्रका पसलमा जौको कारोबार निकै बढी हुने गरेको छ।'

किसानबाट ३० रुपैयाँ प्रतिकिलोमा किनेर पशुपतिमा ४८ रुपैयाँकिलोमा बेच्नेखड्का बताउँछन्। उनले भने, 'जुम्ली जौ पशुपतिमा पूजाका लागि शुद्ध मानिने भएकाले यसकोबजारीकरणमा खासै समस्याछैन।'खड्काका अनुसार जुम्लामा घोडा र खच्चरको दानामा जौ प्रयोग हुन्छ।

गाउँमा खेर गइरहेको जौ किनेर भण्डारण गरिसकेपछि निर्यातको सिफारिस लिन जाँदा जिल्ला कृषि विकास कार्यालय पुग्दा त्यहाँका कर्मचारी निकै खुसी देखिएको उनले बताए। जुम्लाको तीन हजार आठ सय हेक्टरमा जौ खेती छ। जिल्लामा बर्सेनि पाँच हजार मेटि्रकटन जौ उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्यांक छ। यो जौ विदेशी बियर कम्पनीमा निर्यात गर्न सकिने कृषि प्राविधिक बताउँछन्। बियर उत्पादनमा जौ प्रयोग हुन्छ।

गोडमेल पनि गर्नु नपर्ने भएकाले जौ खेती अन्यको तुलनामा सजिलो हुने स्थानीयको भनाइ छ। पाखोबारीमा खेती गरिने जौ जुम्लाका प्रत्येक घरले पाँचदेखि १५ क्विन्टलसम्म उत्पादन गर्छ।यहाँ स्थानीय चावल जातको जौ खेतीहुने किसानको भनाइ छ।

कृषि कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले यहाँको जौ जिल्लाबाहिर निर्यात हुनु किसानका लागि खुसीको कुरा भएको बताए। उनले भने, 'यसले किसानलाई जौ खेती गर्न प्रेरित गरेको छ।' कार्यालयले पशुपतिका पुजारीसँग समन्वय गरी मुख्य मन्दिरमा जुम्ली जौ प्रयोग गर्ने व्यवस्थाका लागि पहल गर्न सुझाव दिएको उनले बताए। जुम्लामा जौभकारी र माटोको डालोमा भण्डारण गर्ने चलन छ।

जौमा प्रशस्त काबोहाइड्रेट पाइन्छ।सातु र सर्वोतम पिठो बनाउनयसको प्रयोग हुन्छ।जुम्लाका सबै जसो क्षेत्रमा जौ उत्पादन हुन्छ।

प्रकाशित: २२ श्रावण २०७४ ०७:०२ आइतबार

पशुपतिमा चढाउन जुम्लाको जौ