अर्थ

सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावरबीच सम्झौता

सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावर कम्पनीबीच साधारण सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ।

हाइड्रोपावर कम्पनीका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

 सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावरको सेयरको सार्वजनिक निष्कासन गर्नेछ। ठूलो खोला हाइड्रोपावरले निर्माण गरिरहेको आयोजना ‘माथिल्लो ठूला खोला ए जलविद्युत् आयोजना’ म्याग्दी जिल्लामा रहेको छ। उक्त योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ।

प्रकाशित: ४ भाद्र २०८० ०३:३० सोमबार

सिटिजन्स क्यापिटल माथिल्लो ठूला खोला ए जलविद्युत् आयोजना