अर्थ

सिटिजन्स बैंक र हार्ड रक क्याफेबीच सम्झौता

सिटिजन्स बैंक र शेर्पामलको हार्ड रक क्याफेबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापश्चात् बैंकका कार्डवाहक ग्राहकले क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३ भाद्र २०८० ०२:५६ आइतबार

सिटिजन्स बैंक शेर्पामलको हार्ड रक क्याफे