अर्थ

१२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियाे

मुलुकको अर्थतन्त्रलाई रेमिट्यान्सले भरथेग गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा विदेशमा रहेका नेपालीबाट मुलुकमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगार वा अध्ययनमा रहेका नेपालीले गत आवको १२ महिनाको अवधिमा १२ खर्ब २० अर्ब ५६ करोड रूपैयाँको रेमिट्यान्स नेपाल पठाएका हुन्। राष्ट्र बैंकको २०७९/८० को वार्षिक तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २१.२ प्रतिशतले बढी रेमिट्यान्स नेपाल भित्रिएको हो।

नेपाली रूपैयाँमा मात्रै नभई गत आवमा अमेरिकी डलरमा पनि रेमिट्यान्सको हिस्सा बढेको छ। गत आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यानस १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्षवर्षमा डलरमा रेमिट्यान्स भने २.२ प्रतिशतले बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगार वा अध्ययनमा रहेका नेपालीले गत आवको १२ महिनाको अवधिमा १२ खर्ब २० अर्ब ५६ करोड रूपैयाँको रेमिट्यान्स नेपाल पठाएका हुन्।

राष्ट्र बैंकका अनुसार गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार सात सय ४ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो।

यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २ सय ७२ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।

शोधनान्तर बचतमा सुधार

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दुई खर्ब ५५ अर्ब रूपैयाँ घाटामा रहेको शोधनान्तर घाटा सरकारले आयातमा गरेको कडाइ र मुलुकका बाह्य सूचक बलियो हुँदै गत आर्थिक वर्षमा शोधनान्तर स्थिति मजबुत देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्क) अनुसार मुलुकको शोधनान्तरस्थिति सुधार हुँदै गएको देखाएको छ।

राष्ट्र बैंकका अनुसार गत आवको समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। नेपाली रूपैयाँ मात्रै होइन, अमेरिकी डलरमा पनि शोधनान्तर स्थिति सुधार हुँदै गएको देखिन्छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दुई खर्ब ५५ अर्ब रूपैयाँ घाटामा रहेको शोधनान्तर घाटा सरकारले आयातमा गरेको कडाइ र मुलुकका बाह्य सूचक बलियो हुँदै गत आर्थिक वर्षमा शोधनान्तर स्थिति मजबुत देखिएको छ।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ। राष्ट्र बैंकका अनुसार २०७९ को असार मसान्तसम्मको १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ।

विदेशी सञ्चितिले साढे ११ महिना धान्ने

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

निर्यात २१.४ प्रतिशत घट्यो

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई १ खर्ब ५७ अर्ब १४ करोड रूपैयाँमा सीमित भएको छ।

अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई १ खर्ब ५७ अर्ब १४ करोड रूपैयाँमा सीमित भएको छ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ। राष्ट्र बैंकका अनुसार गत आवमा वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ।

व्यापार घाटा १५.५ प्रतिशतले घट्यो

गत आर्थिक वर्षमा वर्षमा कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १५४ अर्ब ४२ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात रु.२१३ अर्ब ५३ करोड बराबरको भएको थियो।

प्रकाशित: ३ भाद्र २०८० ०२:२८ आइतबार

व्यापारघाटा १५.५ प्रतिशतले घट्यो शोधनान्तर बचतमा सुधार विदेशी सञ्चितिले साढे ११ महिना धान्ने