अर्थ

निगमको जग्गा खरिद : 'ठूलो डिजाइनमा अपचलन'

काठमाडौं- जग्गा खरिदमा अपचलन भएको प्रस्ट देखिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए। आपूर्तिमन्त्रीकै कार्यकक्षमा केही पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन्। 'जग्गा किन्दा अस्वाभाविक मूल्य तिरेको देखिन्छ,' मन्त्री मण्डलले भने, 'प्रतिस्पर्धामा कम मूल्यलाई दिएको भए पनि फिल्डमा गएर गम्भीरतापूर्वक हेरियो कि हेरिएन त्यो पनि महत्वपूर्ण छ।'

मण्डलले ठूलै डिजाइन अनुसार जग्गा खरिद भएको बताए। 'कानुनी रुपमा ठिक भए पनि जनप्रतिनीधि र जनताले प्रश्न उठाए,' उनले भने, 'अनियमितता पुष्टि भए एक्सन लिन्छु।' मण्डलले सम्बन्धित जग्गाधनीले पाएको मूल्यबारे पनि अनुसन्धान गर्ने बताए। 'कानुनी रुपमा मिलाए पनि जनताले पत्याउने अवस्था छैन,' मण्डलले भने, 'संसदीय समितिले पनि छानबिन अघि बढाएकाले वास्तविकता बाहिर ल्याउनुपर्छ। लेखा समितिको बैठकमा अनियमितताको विषय छरपष्ट आएकाले प्रतिवेदन आएपछि गलत भए कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: १९ श्रावण २०७४ ०४:४७ बिहीबार

निगमको जग्गा खरिद डिजाइनमा अपचलन