अर्थ

'नयाँ पुस्ताले विज्ञापनलाई फरक ढंगले हेरिरहेको छ'

कश्यप शाक्य प्रबन्ध निर्देशक, पाइकस्

सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उपभोक्तालाई बुझाउनु हो। उपभोक्ता शिक्षा आजको सबैभन्दा प्रमुख आवश्यकता हो। विज्ञापनका बारेमा आजका उपभोक्ताको बुझाइ फरक भइसकेको छ। पुस्ता परिवर्तनले होला, नयाँ पुस्ताले विज्ञापनलाई फरक तरिकाले हेरेको छ।  

विज्ञापन प्रतिको उनीहरूको सोचाइ र बुझाइमा निकै नै परिवर्तन आएको छ। यदि मूलधारको सञ्चार माध्यम अरू सञ्चार माध्यम भन्दा आधिकारिक र विश्वसनीय छ भने त्यो कुरा हामीले विज्ञापन एजेन्सी र उपभोक्तालाई बुझाउन सक्नुपर्छ। किन मूलधारका सञ्चार माध्यमहरूमा विज्ञापन दिनुपर्छ भन्ने कुरा बुझाउन सकिएन भने अहिले व्यापक रूपमा चलेको डिजिटल र सोसल मिडियाले उपयोग गरेर अघि बढ्छ। सञ्चार माध्यमले यो ठाउँमा यो मानिसले हेर्छ भन्ने कुरा दिन सकेन भने विज्ञापन दिनु प्रभावकारी हुँदैन्।

कुनै पनि मिडियाको निश्चित स्थान अर्कोले लिन सक्दैन तर उसले किन त्यस सञ्चार माध्यमलाई विज्ञापन दिने भन्ने कुरा आफ्नो उपभोक्ता र एजेन्सीलाई बुझाउन सक्नुपर्छ।

(नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रममा व्यक्त विचार)

प्रकाशित: १ भाद्र २०८० १२:३४ शुक्रबार