अर्थ

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका-३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ। विस्तारै यो ठाउँमा अहिले पर्यटकले भन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ।

यतिबेला वर्षा याम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ। तरकारी संकलन केन्द्रका रूपमा चिनिएको फिस्लिङमा किसान बिहानैदेखि तरकारी र फलफूल बिक्रीका लागि आउने गरेका छन् भने किन्न आउने व्यापारीको लाइन लाग्ने गरेको छ।

गाउँमा किसानले व्यावसायिक रूपमा लगाएको तरकारी यहाँ बेच्न ल्याउँछन्। चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ। चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ।

इच्छाकामना गाउँपालिका-३ तल्लो डुडेका ज्ञानबहादुर प्रजाको तरकारी बिक्री गर्ने ठाउँ फिस्लिङ बजार नै हो। उनी आफूले व्यावसायिक रूपमा लगाएको तरकारी बेच्न नियमित रूपमा यस बजारमा आउने गर्छन्।

गाउँमा किसानले व्यावसायिक रूपमा लगाएको तरकारी यहाँ बेच्न ल्याउँछन्। चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ।

तरकारीले नै जीवनमा परिवर्तन ल्याएको अनुभव सुनाउँदै उनले भने, ‘मकै र कोदो लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो, अहिले तरकारीबाट राम्रो आम्दानी भएको छ।’

उनले यतिबेला तीन कट्ठा जमिनमा गोलभेडा लगाएका छन्। अहिले गोलभेडाको भाउ पनि धेरै छ। आफ्नो उत्पादनले राम्रो भाउ पाएपछि उनी खुसी छन्।

गोलभेडा बेच्न फिस्लिङ झरेका चेपाङ हालसम्मकै उच्च मूल्य पाएको बताए। उनीसँगै गाउँका अन्य किसानले पनि व्यावसायिक रूपमा तरकारी खेती गरेका छन्। अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ। गाडीमार्फत नै किसान तरकारी फिस्लिङ पठाउँछन्।

‘मनकामनाबाट भाडामा ल्याएर बोलेरो चलाएका छौं। हाम्रो कृषि समूह छ’, उनले भने, ‘समूहलाई आधा रकम उपलब्ध गराउने हो भने हामी किन्ने थियौं।’

उनले सरकारले अनुदानमा कृषि समूहलाई एउटा गाडी उपलब्ध गराए किसानलाई सहज हुने बताउँछन्।

फिस्लिङ संकलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन्।

किसानले उनीहरूलाई काँटा गरेबापत प्रति किलो दुई रुपैयाँ दिने गर्दछन्। व्यापारीहरू तरकारी लिन काठमाडौं, पोखरा, नारायणगढ, बुटवल लगायतका ठाउँबाट आउने गर्छन्। साना किसान कृषि सहकारी संस्था लिमिटेड दाह्रेचोकका संस्थापक डम्बरबहादुर गुरुङ २०५७ सालदेखि यहाँ तरकारी संकलन केन्द्र स्थापना भएको बताउँछन्।

गोलभेडा बेच्न फिस्लिङ झरेका चेपाङ हालसम्मकै उच्च मूल्य पाएको बताए। उनीसँगै गाउँका अन्य किसानले पनि व्यावसायिक रूपमा तरकारी खेती गरेका छन्। अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ। गाडीमार्फत नै किसान तरकारी फिस्लिङ पठाउँछन्।

केन्द्र स्थापना भएपछि अन्यत्र लगेर बेच्नुपर्ने बाध्यता हटेको उनले बताए। ‘मैले आफैं सुन्तलाखेती गरेको छु’, उनले भने, ‘यही बजारमा बिक्री गरेर वार्षिक १० लाख रुपैयाँसम्म कमाउने गरेको छु।’

उनले काम गर्ने किसानका लागि संकलन केन्द्रले धेरै राहत प्रदान गरेको बताए। विगत सम्झिदै उनले भने, ‘सुनसान ठाउँ तरकारी संकलन केन्द्रकै कारण चम्किएको छ।’

यहाँ नजिकबाट मात्र नभई टाढाटाढाबाट पनि किसान तरकारी बेच्न आउने गरेका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले तरकारी बेच्न फिस्लिङ नै झर्नुपर्ने बाध्यता रहेको बताउँछन्।

‘व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको २० वर्ष पुग्यो’, उनले भने, ‘गाउँमा बजारीकरणको समस्या छ, बजार नै झर्नुपर्छ।’

उनले दुई रोपनीमा तरकारी खेती गर्दै आएका छन्। विगतमा उनले काठमाडौं र नारायणगढसम्म तरकारी बेच्न लैजाने गर्थे। अहिले त्यो बाध्यता भने हटेको छ। यही व्यवसायबाट उनले छोराछोरीलाई उच्च शिक्षा पढाएका छन्।

बेनीघाट रोराङका विष्णु प्रजाको पनि तरकारी बिक्री गर्ने बजार फिस्लिङ नै हो। आफ्नै बारीमा उनले तरकारी खेती गर्दै आएका प्रजाले उत्पादन हुनासाथ फिस्लिङ बजार ल्याउँछन्। फिस्लिङमा तरकारी तथा फलफूल संकलन केन्द्र स्थापना भएपछि व्यावसायिक तरकारी खेती गर्न थालेको उनी बताउँछन्।

उनको परिवार यही तरकारी खेतीले राम्रोसँग चलिरेको छ। उनी मात्र होइन, खोरिया खनेर जीविकोपार्जन गर्दै आएका चेपाङ समुदायका मानिस व्यावसायिक बन्दै गइरहेका छन्। उनीहरू पनि यही बजारमा आफ्नो उत्पादन लिएर बिक्रीका लागि आउने गरेका छन्। फिस्लिङ राजमार्गसँगै जोडिएका कारण यहाँ यात्रा गर्ने यात्रुहरूले पनि सवारीसाधन रोकेर तरकारी तथा फलफूल किन्ने गरेका छन्।

इच्छाकामना गाउँपालिकाले तरकारी संकलन केन्द्रका लागि भवन समेत निर्माण गरेको छ। अहिले भवनमा रहेका सटरमा पाँच वटा तरकारी संकलन केन्द्र सञ्चालन भइरहेका छन्।

बेनीघाट रोराङका विष्णु प्रजाको पनि तरकारी बिक्री गर्ने बजार फिस्लिङ नै हो। आफ्नै बारीमा उनले तरकारी खेती गर्दै आएका प्रजाले उत्पादन हुनासाथ फिस्लिङ बजार ल्याउँछन्।

मौसममा यस तरकारी संकलन केन्द्रबाट २० ट्रक तरकारी बिक्री हुने गरेको वडा नं ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले बताए।

‘यस केन्द्रले यस क्षेत्रका मानिसहरूलाई कृषिले जीविकोपार्जनमा धेरै सहयोग पु¥याएको छ।

‘विगतमा मकै र कोदो मात्र लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो। आजभोलि तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ’, उनले भने, ‘यहाँ मौसममा २० र बेमौसममा कम्तीमा पाँच ट्रक तरकारी यस बजारबाट बिक्री हुने गरेको छ।’

यहाँका किसानले सुन्तला, नास्पती, कागती लगायतका फलफूल समेत यहाँ नै ल्याएर बेच्छन्। चितवन, गोरखा र धादिङका २० हजारभन्दा बढी किसानले उत्पादन गरेको तरकारी यहाँ आउने गर्दछ। यस संकलन केन्द्रबाट मासिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उनले बताए।

गाउँपालिकाले किसानको उत्पादन र बजारीकरणका लागि सहयोग गरिरहेको छ।

गत वर्ष वडा नं २ को हपनी कृषि समूहलाई तरकारीको बजारीकरणका लागि कृषि एम्बुलेन्स उपलब्ध गराएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए।

उनले यो वर्ष थप दुई समूहलाई कृषि एम्बुलेन्स खरिद दिने योजनामा गाउँपालिका रहेको बताए।

यहाँ एक करोड लगानीमा सुविधा सम्पन्न संकलन केन्द्र निर्माण हुँदैछ। संकलन केन्द्रको भवनभित्रै झन्डै २५ टन अट्ने शीतभण्डार समेत निर्माण भएको छ। गाउँपालिकाले शीतभण्डार सञ्चालनका लागि कार्यविधि निर्माण गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष गुरुङले यसै वर्षबाट सञ्चालनमा आउने बताए।

उनले भने, ‘साना किसानलाई शीतभण्डार सञ्चालनको जिम्मा दिन लागेका छौं, न्यूनतम् मूल्यमा किसानले शीतभण्डारको उपभोग गर्न पाउने छन्।’

उनले शीतभण्डार सञ्चालनमा आएसँगै किसानको उत्पादन बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था नरहने बताए।

शीतभण्डार नहुँदा अहिले किसानहरूले आफ्नो उत्पादन सस्तो मूल्यमा दिनुपर्ने बाध्यता छ। सहकारीमार्फत तरकारी संकलन गरेपछि मध्यस्थकर्ताले राख्ने प्रति किलो दुई रुपैयाँ घटाउन सकिने अध्यक्ष गुरुङले बताए।

यहाँ एक करोड लगानीमा सुविधा सम्पन्न संकलन केन्द्र निर्माण हुँदैछ। संकलन केन्द्रको भवनभित्रै झन्डै २५ टन अट्ने शीतभण्डार समेत निर्माण भएको छ।

‘सहकारीमार्फत ५० पैसामा झार्ने लक्ष्य राखेका छौं’, उनले भने, ‘यो काम दुई महिनाभित्र गर्दछौं।’

पालिकाले इच्छाकामनाका गाउँगाउँमा तरकारी उपसंकलन केन्द्र समेत स्थापनाको तयारी गरेको छ। हात्तीबाङ, काउले, मायाटार, दाह्रेचोक र जलबिरेमा उपसंकलन केन्द्र स्थापना गरिने उनको भनाइ छ।

एउटा संकलन केन्द्रलाई झन्डै १० लाख रुपैयाँ लागत लाग्ने उनले बताए। यसका लागि वडागत रूपमा बजेट समेत विनियोजन भइसकेको छ। इच्छाकामना गाउँपालिका-१ को हात्तीबाङ क्षेत्र, वडा नं २ को हपनी, मायाटार, काउले क्षेत्र, वडा नं ३ को सबै क्षेत्र, वडा नं ५ को तामिन, साठीमुरे, पामडाँडामा तरकारी र फलफूल खेती हुने गरेको छ। यी सबै ठाउँमा अहिले यातायातको व्यवस्था पुगिसकेको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष गुरुङले पालिकाले किसानले उत्पादन गरेको वस्तुको मूल्यमा एकरूपता ल्याउन काम गरिरहेको बताए।

एउटा संकलन केन्द्रलाई झन्डै १० लाख रुपैयाँ लागत लाग्ने उनले बताए। यसका लागि वडागत रूपमा बजेट समेत विनियोजन भइसकेको छ।

उनले उत्पादनका आधारमा किसानलाई अनुदान दिन समेत सहज हुनेछ भने। उनले पालिकाले आव २०८०/८१ मा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै डेढ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको बताए। यसले ग्रामीण क्षेत्रमा बस्ने पिछडिएका खास गरी चेपाङ समुदायको पनि जीवनस्तर उकासिने उनको विश्वास छ।

प्रकाशित: १ भाद्र २०८० ०७:१२ शुक्रबार

तरकारी बजार बदलियो फिस्लिङको पहिचान