अर्थ

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेकोे प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जानकारी दिए। सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकु र पुकार थापालाई सञ्चालक पदमा नियुक्त गरेको थियो। मलेकु संस्थापक समूह र थापा सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त भएका हुन्।

यसअघि अध्यक्ष रहेका रामप्रसाद रूपाखेती र सञ्चालक रमेश पौडेलले राजीनामा दिएका थिए। उनीहरूले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृति भइसकेको बैंकले जनाएको छ। नवनियुक्त अध्यक्ष मलेकु राष्ट्र बैंकका पूर्व कर्मचारी हुन्। ३२ वर्ष राष्ट्र बैंकमा रहेर काम गरेका मलेकु उपनिर्देशक थिए। साथै, उनले कर्जा तथा निक्षेप सुरक्षण निगम र क्यापिटल मर्चेन्ट फाइनान्सको सिइओ समेत भएर काम गरेका थिए।

प्रकाशित: ३० श्रावण २०८० ०३:१८ मंगलबार

नारायणी डेभलपमेन्ट बैंक अध्यक्षमा चन्द्रमान मलेकु