अर्थ

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर सामुदायिक अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

उक्त व्यावसायिक सम्झौतापश्चात् बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले रामनगर समुदायिक अस्पतालका विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउनेछन्।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८० ०४:५५ सोमबार

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट डिजिटल कारोबार