अर्थ

सन्राइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल वितरण गर्ने निर्णय गरिएको छ।

लक्ष्मी सन्राइज बैंकबाट प्रवद्र्धन गरिएकोे तथा सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका एकाइधनीहरूलाई करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रूपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

साथै एकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराएको छ।  

विगत ३ वर्षमा सन्राइज फस्र्ट म्युचुअल फण्डयोजनाले ६९ प्रतिशत लाभांश वितरण गर्न सफल भएको बैंकले जनाएको छ।

लक्ष्मी सन्राइज बैंकको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी सन्राइज क्यापिटलको वार्षिक प्रतिवेदन पारित भएको छ।  

क्यापिटलको १ सय ३२ औं सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/०८० को वासलात नाफा नोक्सान हिसाबसहितको वार्षिक प्रतिवेदन पारित भई निकट भविष्यमा हुने १३ औं वार्षिक साधारणसभाबाट अनुमोदन भए पश्चात् कम्पनीले आफ्नो सेयरधनीहरूलाई ३० प्रतिशतका दरले नगद लाभांश वितरण गरिने निर्णय गरेको छ।

प्रकाशित: २८ श्रावण २०८० ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App