अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न

 नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड– २०२३’ सम्पन्न भएको छ। चितवनमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्षः पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो। कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १ सय ३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए। उनले पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसात गर्दै कम्पनी अघि बढेको देख्दा मन प्रफुल्लित भएको बताए। जसरी सार्कले समुन्द्रमा आधिपत्य कायम गरेको हुन्छ त्यसै गरी नेपाल लाइफले जीवन बिमाक्षेत्रमा आधिपत्य कायम गर्नेमा आफू विश्वस्त रहेको धारणा राखे।

कार्यक्रममा एजेन्सी मेनेजरका तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानको साथसाथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो।

प्रकाशित: २८ श्रावण २०८० ०३:५८ आइतबार

नेपाल लाइफ इन्स्योरेन्सको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न