अर्थ

पहिरोले शेरेगाड लघुजल विद्युत आयोजनाको पावर हाउस क्षतिग्रस्त

डोटी- डोटीको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीमा रहेको शेरेगाड लघुजलबिद्युत आयोजनाको पावर हाउस पहिरोले ध्वस्त पारेको छ।

केही दिन अघिदेखी भैरहेको अबिरल बर्षापछि शनीबार साँझ आएको पहिरोले पावर हाउसमा पूर्ण रुपमा क्षती पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन्। पावर हाउसभन्दा करिब दुई सय मिटरभन्दा माथिबाट आएको पहिरोले पावर हाउस पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ।

पावर हाउस भवन क्षतिग्रस्त भएको छ भने, भित्रका उपकरणहरु पनि टुटफुट भएर ध्वस्त भएको स्थानीय शिक्षक गणेश जोशीले जानकारी दिए। उनका अनुसार पावर हाउसभित्रका करिब ३५ लाख बराबरको मेशनरी सामाग्रीमा मात्रै क्षती पुगेको छ भने, अन्य सबै मिलाएर कुल ४० लाखभन्दा ठूलो क्षती भएको छ। पहिरोले एक सय मिटर भन्दा बढी कुलो समेत बगाएको छ।

कुल ९० लाखको लागतमा निर्माण भएको सो आयोजना २०६५ सालमा निर्माण शुरु भई २०६८ सालदेखी विद्युत सेवा शुरु गरेको थियो ।

पावर हाउसमा क्षती पुगेपछि बिद्युत सेवा पूर्ण रुपमा अबरुद्ध भएको छ ।

प्रकाशित: १ श्रावण २०७४ ०६:२८ आइतबार